
आँबुखैरेनीमा लागुऔषधसहित एकजना पक्राउ
आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटारबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । सो ठाउँमा सवारी चेकजाँचका क्रममा प्रहरीले मुग्लिनतिरबाट आँबुखैरेनीतर्फ आउँदै गरेको याबुबाहक बसमा सवार बोधीमाइ नगरपालिका ४ का १९ बर्षका पसिन्द्रकुमार महतोलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट डाइजेपाम २० एम्पुल, फेनार्गन २० एम्पुल र नोफिन २० एम्पुल बरामद गरेको छ । साथै नट्राभेट १० लेखिएको नियन्त्रित लागुऔषध २९८ थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध तनहूँ जिल्ला अदालतबाट म्याद लिएर ईलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँबाट थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए ।




