
१९५ एम्पुल नियन्त्रित लागु औषध सहित आँबुखैरेनीबाट १ युवा पक्राउ
इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले १९५ थान नियन्त्रित लागु औषधसहित एक युवालाई पक्राउ गरेको छ ।
पृथ्वीराजमार्गको मुग्लिन आँबुखैरेनी खण्डमा सवारी चेकजाँचका क्रममा मुग्लिनबाट आएका एक यात्रुबाट डाइजेपाम, फेनार्गन र नोफिन बरामद गरिएको प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए ।
‘चेकजाँच गर्दा रत्ननगर नगरपालिका ३ बस्ने ६५ बर्षका कृष्णबहादुर लोप्चनको साथमा ६५ एम्पुल डाइजेपाम, ६५ एम्पुल फेनार्गन र नोफिन ६५ एम्पुल बरामद गरियो’, इन्स्पेक्टर थापाले भने, ‘उनलाई तनहूँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।’




