
जबरजस्ती करणी गरेको अभियोगमा सुलिकोटका परियार पक्राउ
दरौँदी ः स्थानीय ख कुमारी (नामपरिवर्तन) लाई जबरजस्ती करणी गरेको अभियोगमा बारपाक सुलिकोट गाउँपालिका ४ का ३८ वर्षका मन बहादुर परियार पक्राउ परेका छन् । केही दिन अघि ख कुमारीलाई जबरजस्ती करणी गरेको अभियोगमा सौरपानी चौकीमा उजुरी परेको र २३ गते बुधबार मात्रै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखामा जबरजस्ती करणीको अभियोगमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । परियारलाई जिल्ला अदालत गोरखाबाट बुधबार नै म्याद थप गरि थप अनुसन्धान भइरहेको एसपी बिमल बस्नेतले जानकारी दिए ।




