
दरौँदी किनारमा वृद्धको शव भेटियो
बारपाक सुलीकोट ६ मसारका ७४ बर्षका जगबहादुर बराम दरौँदी नदी किनारमा मृत अबस्थामा भेटिएका छन् । शुक्रबार साँझ ६ बजे बरामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए ।




