| सोमवार, कार्तिक २३, २०८३

चुम्चेतमा एकैदिन एक घर पहिरोले पुरियो, एक घर जलेर नष्ट


चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुस्थित बुम टोलका नाङ्गा छिरिङको घर पहिरोले पुरिएको छ । गत बिहिबार राती घरमाथिबाट आएको पहिरोले लामाको घर पुरिएको चुम्चेत लोक्पाका सेराप गुरुङले जानकारी दिए ।


सोही दिनको दिउसो चुम्चेत थारोङ टोलका लाक्पा लामाको घर जलेर नस्ट भएको पनि उनले बताए ।


त्यस्तै सोही दिन वडा नं. ७ छेकम्पारको झोङमा बस्तीमाथिबाट खसेको पहिरोले त्यहाँका १० भन्दा धेरै घर जोखिममा परेका छन् ।

पहिरोसंगै आएको ठूलो परिमाणको लेदो घरभित्र पस्दा खाद्यान्न तथा लत्ताकपडाहरु समेत नष्ट भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । साथै नजिकैको खेतबारीको फापर, तोरी र चरन क्षेत्र पनि पहिरोले पुरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्