| सोमवार, कार्तिक २३, २०८३

गोरखा २ (क) का कांग्रेस सभापति गुरुङ पार्टीबाट निलम्बित


नेपाली कांग्रेस गोरखाले दीर्घमान गुरुङ(नारायण)लाई पार्टीको सदस्य पदबाट निलम्बन गरेको छ । जिल्ला कार्यसमितिले बिहिबार प्रेस विज्ञप्ति जारी गरी गुरुङ फौजदारी अभियोगमा थुनामा रहेकाले उनलाई सदस्य पदबाट निलम्बन गरिएको जनाइएको छ ।


‘नेपाली कांग्रेसको विधान २०१७(संशोधनसहित) को परिच्छेद २, दफा ४ को उपदफा १३(ङ) अनुसार गोरखा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २।१ का दीर्घमान गुरुङ फौजदारी अभियोगमा थुनामा रहेकाले पार्टीको सदस्य पदबाट निलम्बन गरिएको छ’, जिल्ला सचिव कृष्णबहादुर आलेद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।


नेपाली कांग्रेस गोरखा क्षेत्र नम्वर २ प्रदेश क का कार्यसमिति सभापतिसमेत रहेका गुरुङविरुद्ध अदालतले सरकारी दस्तखत किर्ते कसुरमा २०६१ जेठ १८ गते एकबर्षको कैद सजायँ सुनाएको थियो । सोही फैसला कार्यान्वयनको क्रममा गुरुङलाई गत असार २० गते प्रहरीले पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्