| सोमवार, कार्तिक २३, २०८३

प्रहरीलाई गालीगलौज गर्दै धाकधम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ


ड्यूटीमा खटिएका प्रहरीमाथि गालीगलौज गर्दै धाकधम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं. १४ जुम्लाङका आनन्द तामाङलाई सो अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


शनिवार राती करिव साँढे ९ बजे सार्वजनिक स्थानमा प्रहरी चौकी मझुवा देउरालीबाट ड्यूटीमा खटिएको टोलीलाई तामाङले अपशब्द प्रयोग गर्दै गाली गलौज गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हातमा फलामको रड समेत बोकेर हिडेका उनलाई पक्राउ गरी शान्ति बिरुद्धको कसुर शिर्षकमा मुद्धा दर्ता गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्