| सोमवार, कार्तिक २३, २०८३

गोरखामा जबरजस्ती करणीको आरोपमा घिमिरे पक्राउ

गोरखामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।

गोरखा नगरपालिका वडा नं १० विरेन्चोकका ३० वर्षीय नविन घिमिरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनलाई जबरजस्ती करणीको आरोपमा मंगलबार पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।

गोरखा नगरपालिका ८ आयुर्वेद चोककी २५ वर्षकी महिलालाई विगतमा पटक पटक र पछिल्लोपटक गत कात्तिक ८ गते घिमिरेले जवरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

पक्राउ परेका घिमिरे विरुद्ध बुधबार जबरजस्ती करणी शिर्षकमा मुद्धा दायर भएको छ । जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको प्रहरी लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्