| सोमवार, कार्तिक २३, २०८३

राजमार्ग छेकेर मुग्लिनमा धर्ना बस्नेमाथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार


२४ घण्टादेखि राजमार्ग छेकेर मुग्लिनमा धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

प्रदर्शनकारीहरु तितरबितर गराउन दुईसेल अश्रुग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रुग्याँस प्रहार गरिएको उनले बताए ।


अश्रुग्याँस प्रहारपछि भीड तितरबितर भएको छ । एकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।


लघुवित्त पिडितहरुले सोमबार बिहान १० बजेदेखि पृथ्वीराजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिन हुँदै काठमाडौँ, पोखरा, चितवन जाने यात्रुहरु हैरान भएका थिए ।


विभिन्न जिल्लाहरुबाट आएका प्रदर्शनकारीहरु आइतबारदेखि सडकमै पकाउने, खाने, सडकमै सुत्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्