| सोमवार, कार्तिक २३, २०८३

गोरखामा लागुऔषध सहित दुई जना पक्राउ

अवैध रुपमा लागु औषध लुकाईछिपाई राखेको आरोपमा गोरखामा दुईजना पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं २ ढुङ्गेधाराका ३३ वर्षीय प्रसी घले र गोरखा नगरपालिका १३ रामशाह टोलका २८ वर्षीय सुर्यमान गुरुङलाई पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।

घलेलाई विहिबार राती उननै घरबाट पक्राउ गरिएको हो । उनी सुत्ने कोठाको खाटमुनि लागुऔषध लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा ४ सय २० ग्राम फेला पारेको लामिछानेले बताए । उनविरुद्ध प्रहरीले आइतबार लागू औषध(गाँजा) शिर्षकमा मुद्दा दर्ता गरेको छ ।

पक्राउ परेका घलेलाई जिल्ला अदालत गोरखाबाट दश दिनको म्याद लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गोरखा नगरपालिका १२ सिमलगैरीमा लागुऔषध लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले सूर्यमान गुरुङलाई आइतबार विहान पक्राउ गरेको हो ।

उनको साथबाट डाइजेपाम एम्पुल १६ थान, नोफिम एम्पुल १६ थान र फेनार्गन एम्पुल १६ थान गरी ४८ थान लागुऔषध फेला परेको डिएसपी लिलाराज लामिछानेले बताए ।

गुरुङविरुद्ध सोमबार लागू औषध(डाईजेपामसमेत) शीर्षकमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत गोरखाको आदेश अनुसार उनलाई हिरासतमा राखी सात दिनको म्याद थप गर्दै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्