| सोमवार, कार्तिक २३, २०८३

गोवध मुद्दामा एकजना कारागार चलान


गोवध मुद्दामा गोरखाका एक युवा कारागार चलान भएका छन् ।

गाई मारेको अभियोगमा कैद सजायँ फैसला भएका बारपाक सुलीकोट गाउँपालिका ७ बालुवा निबासी २७ बर्षका ठूलो कालो सार्कीलाई कारागार चलान गरेको प्रहरीले जनाएको छ ।


एक बर्ष कैद सजायँ गर्ने अदालतको फैसलापछि उनी फरार थिए ।


प्रहरीले गठन गरेको फैसला कार्यान्वयन विशेष टोलीले बिहिबार उनलाई पक्राउ गरी जिल्ला अदालत पेश गरेको थियो । अदालत पेश भए लगत्तै उनलाई कारागार चलान गरिएको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्