
गोरखामा दुई जना फारार अभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय गोरखाले लामो समय देखि फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेका छन् ।
गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिई फरार रहेका स्याङ्जा गल्याङ नगरपालिका वडा नं.५ का ४२ वर्षीय कल्पना सुवाल श्रेष्ठलाई फागुन ३० गते र सोहि स्थानका ४१ वर्षीय माया क्षेत्रीलाई चैत्र १ गते पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए।
चेक अनादार मुद्दामा जनही २ बर्ष कैद तोकिई फरार रहेका उनीहरुलाइ प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।
फरार रहेको अभियुक्तहरुको फैसला कार्यान्वयन गर्ने सिलसिलामा बिशेष टोली गठन गरी परिचालन गरिएको र सोहि टोलीले उनीहरुले पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका दुई जनालाई बुधबारको जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानका लागि गोरखा कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।




