| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजारको मिनीट्रक दुर्घटनामा एकको मृत्यू, घाइतेको पहिचान खुल्यो


गोरखा बजारमा सोमबार दिउसो १ बजे भएको मिनीट्रक दुर्घटनामा एकको मृत्यू भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृतकको आफन्त सम्पर्कमा आउँदै गरेकाले अहिले उनको नाम अहिले सार्वजनिक गर्न नसकिने डिएसपी लीलाराज लामिछानेले बताए ।


गम्भीर घाइते हुनेहरुमा बर्दिया घर भएका मंगल चौधरी, दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य वैँक गोरखा शाखामा कार्यरत विष्णु खड्का, ठेगाना नखुलेका वुद्धि नेपाली छन् । उनीहरु तीनैजनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


त्यस्तै अन्य घाइतेहरुमा सहिदलखन गाउँपालिका ७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेपेटारकी सावित्री बिक, सहिद लखनकै नारायण भुजेल रहेका छन् । उनीहरुको गोरखा अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनी मोडबाट पल्टेर जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुगेको थियो ।


आरुघाटबाट तरकारी लगायतका सामान लिन मिनीट्रक धनी उमेश श्रेष्ठ गोरखा बजार आएका थिए । उनी आफैले चलाएको सो ट्रक दुर्घटना भएको थियो ।


ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भएपनि थप जानकारी नभएको डीएसपी लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्