| सोमवार, कार्तिक २३, २०८३

चितुवाले दारेर पालुङ्टार ८ दुभारका एक पुरुष घाइते


पालुङ्टार नगरपालिका ८ दुभारका एक पुरुष चितुवाले दारेर घाइते भएका छन् । जंगलमा गाईबस्तु चराउन गएका ६२ बर्षका रामकुमार कुमाल चितुवाको आक्रमणबाट घाइते भएका स्थानीय शंकर कँडेलले जानकारी दिए ।


उनको टाउको, छाती र पाखुरामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।


एक महिलालाई लखेट्दै गरेको देखेर कुमालले चितुवालाई ढुंगाले हानेपछि महिलालाई छाडेर चितुवाले पुरुषलाई झम्टिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गोठालो गएका अरु पुरुषहरु पनि धुरिएपछि चितुवा त्यहाँबाट भागेको थियो ।

प्रतिक्रिया दिनुहोस्