
सुन व्यापारीको धन्दाः सक्कली देखाउने, नक्क्ली बेच्ने !
काठमाडौं– सानो टुक्रा ओरिजिनल सुन देखाएर ‘हामीसँग धेरै सुन छ, सस्तोमा दिन्छौं’ भन्दै पँहेलो धातु लेपन गरिएको नक्कली सुनका बिस्कुट देखाउँदै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको धैवुङ–३ स्थायी घर भएका राज लामा, सोही जिल्लाका म्लाङसिङ्ग लामा र सोलुखुम्बु स्थायी घर धएका टासी लाक्पा शेर्पा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर लामो समयदेखि यसरी ठग्दै आएको गिरोहलाई शुक्रबार सार्वजनिक गरेको छ । राजधानीको चाबहिल, कपन र कोटेश्वर कार्यक्षेत्र बनाएर नक्कली सुनका बिस्कुट, बेरुवा औंठी सहित सुनका बिल समेत देखाएर सो समुहले ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।




