
पहिरोले जिल्लाका दर्जनौँ घर जोखिममा
दरौँदी ः जिल्लाको शहिद लखन गाउँपालिका, घार्चे गाउँपालिका लगायतका विभिन्न क्षेत्रमा बुधबार रातीको पानीसँगैको पहिरोले बस्थीहरु जोखिममा रहेको स्थानीय जनप्रतिनिधीहरुले जानकारी दिएका थिए । शहिद लखन गाउँपालिकाको वडा नम्बर ६ मा मात्रै ५० भन्दा धेरै घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिका प्रमुख रमेश थापा मगरले जानकारी दिए । उनले गाउँलेहरुलाई सुरक्षित स्थानमा सार्न रेडक्रस सोसाईटी गोरखा, घैरुङ शाखा लगायतको सहयोगमा त्रिपालहरुको अस्थायी टहराहरु बनाइएको जानकारी दिए । त्यस्तै जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ७ खानीबेसीमा पहिरोका कारण छ घर जोखीममा परेको ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्ष सुरज कार्कीले जानकारी दिए । ‘यहाँ पहिरोले सात घर जोेखीममा परेको छ’ उनले भने ‘पहिरोका कारण भौतीक क्षती भएपनि अन्य कुनै क्षती भएको छैन् ।’ पहिरोका कारण स्थानीय सुनामी गुरुङ, सुन्दर गुरुङ, करीस्मा गुरुङ, सर्प्सिंङ गुरुङ, दिप बहादुर गुरुङ, कमानसिंन गुरुङको घर जोखीममा परेको उनले बताए । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जिल्ला दैवी प्रकोप उद्धार समिति हाइअलर्टमै रहेको र कहिँकतै विपत्ती आए खबर गर्न समेत उनले आग्रह गरे । बर्खाको बेला बाढी पहिरोको उच्च जोखिम रहेकोले सर्तक रहन भट्टराईले सबैलाई आग्रह गरेका छन् । जिल्लाको अन्य क्षेत्रमा पनि बाढीले जिल्लाको विभिन्न फाँटहरुमा धानखेती समेत बगाएको छ ।




