| सोमवार, कार्तिक २३, २०८३

युवा संघका कार्यकर्ताद्वारा एमाले प्रदेश कमिटी सदस्य काफ्लेमाथि आक्रमण


युवा संघका कार्यकर्ताद्वारा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको छ ।


चुनावी कार्यक्रम सकेर फर्केका काफ्लेमाथि पालुङटार नगरपालिका–७ च्याङलीस्थित म्याङ्गो रिर्सोटमा आइतबार राती साँढे ११ बजे युवा संघको टोलीले आक्रमण गरेको हो ।


आक्रमणबाट घाइते भएका काफ्लेको टाउकोमा सातवटा टाँका लगाइएको छ । डुम्रेस्थित स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि उनलाई काठमाडाँै लगिएको छ । आक्रमणबाट होटलको टेबुल, कुर्सी तोडफोड भएका छन् ।


आक्रमणमा संलग्न रहेको आरोपमा ब्यास ११ पोल्याङ तनहुँका अजित पन्त र भानु ३ चापबाँसका राम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनमा संलग्न थप दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।


पन्त र सापकोटा दुवै जना युवा संघको नगर कमिटीमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्