
गोरखा बजारको डम्पिङमा आगोलागी हुँदा धुवाँमय बन्यो गोरखा बजार
गोरखा नगरपालिका ८ डम्पिङमा सोमवार आगोलागी भएको छ । आगोलागीले गोरखा बजार धुवाँमय बन्यो । सोमवार दिनभर गोरखा बजार र डम्पिङ आसपासको क्षेत्र धुवाँमय हुँदा बातावरण प्रदुषण भएको थियो ।
डम्पिङमा कसले आगो लगाईदिने भन्ने पहिचान नभएको क्लिन गोरखा प्रालीका संचालक सदस्य दिपेन्द्र श्रेष्ठले बताए । बारम्बार आगो लगाईदिने गर्दा समस्या भएको बताउँदै उनले आगो लगाउने ब्यक्ति र कारण बारे कुनै पहिचान हुन नसकेको बताए ।
गोरखा नगरपालिकाका बातावरण अधिकृत धु्रब घिमिरेले धुवाँका कारण बतावरण प्रदुषण अत्याधिक हुने हुँदा आगो लगाउनु, फोहोर, प्लास्टिक पोल्नु स्वास्थ्य र बतावरणको दृष्टिकोणले पनि फाईदाजनक नरहेको बताए । ‘आगो लगाउनेको खोजी गरेर कारवाहीगर्ने भनेका छौँ तर पहिले पनि पहिचान भएन’ उनले भने ।
गोरखा बजार क्षेत्रमा फोहोर ब्यवस्थापन गर्दै आएको क्लिन गोरखा प्रालीले डम्पिङ साईड ब्यवस्थापन गर्दै आएको छ । गोनपा ८ खाल्डेमा रहेको उक्त डम्पिङमा यस अघि पनि फोहोरमा आगो लगाइएको थियो । प्लास्टिकको धुँवाले मानिसको स्वास्थ्यमा गम्भिर असर गर्ने भएकाले त्यसलाई पोल्दा स्वाँस प्रस्वासमा समस्या हुने, बातावरण दुषित हुने र दिर्घकालीन असर गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन्




