| सोमवार, कार्तिक २३, २०८३

हातहतियार प्रहरीमा बुझाउन प्रशासनको आग्रह

सर्वसाधारणसित भएका अनुमतिपत्र प्राप्त हातहतियार(बन्दूक) यथासीघ्र जिल्ला प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको हो ।


आउँदो मंसीर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सर्वसाधारणसित भएको हतियार प्रहरी प्रशासनमा बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।


विधिवत रुपमा बुझाएको हतियार प्रहरी कार्यालयले चुनाव सकिनासाथ मंसीर ५ गतेदेखि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्