
मनास्लु हिमपहिरोमा एकको मृत्यू, १५ जना भन्दा धेरै घाइते
चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालको हिमपहिरोमा परी एकजनाको मृत्यू भएको छ, १५ जना भन्दा धेरै घाइते भएका छन् । सोमबार अपरान्ह १२ बजे झरेको हिम पहिरो परी सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राईको मृत्यू भएको इमेजिन नेपाल एक्स्पिडिशन प्रालिका राजेन्द्र ठकुरीले जानकारी दिए ।
चौथो शिविरमा अक्सिजन लगायतका आत्यावश्यकीय सामान पु¥याउन गएका इमेजिन नेपालका पाँचजना सहित १५ जना भन्दाबढि घाइते भएका उनले बताए । सो कम्पनीका दावा शेर्पा, फुरिता शेर्पा, निमा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन् । उनीहरुमध्य जीतबहादुर र निर्मा दोर्जेको गम्भीर घाइते छन् ।
घाइतेको उद्धारका लागि सिम्रिक र कैलाश एयरका दुईवटा हेलिकोप्टर तयारी अबस्थामा रहेका छन्, तर मौसम प्रतिकुलताका कारण उद्धार गर्न नसकिएको प्रहरी चौकी सामागाउँले जानकारी दिएको छ ।
किलर माउण्टेन भनेर चिनिने ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यस सिजनमा पर्यटन विभागबाट चारसय भन्दा धेरै आरोहीले अनुमति लिएका छन् ।
केहीले सफल आरोहण गरिसकेका छन् भने अधिकांश आरोहीहरु आरोहण गर्ने क्रममा छन् ।
मनास्लु हिमालमा केहीदिनदेखि ठूलो हिम पहिरो झर्न थालेको छ ।




