
बुंकोटको अँधेरीमा सवारी दुर्घटनामा एक युवक घाइते
गोरखाको शहिद लखन गाऊँपालिका वडा नम्वर ७ अँधेरीगाऊँ नजिकै भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
मकैपुरबाट गोरखा बजार आउँदै गरेको ग १ ज ७३६० नम्वरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३–०२–००१ प ३२९ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शहिद लखन गाऊँपालिका ७ बस्ने ३७ वर्षका सुजन विकको गोरखा अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाण्डौं पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदनाथ भण्डारीले बताए ।
ट्याक्सी चालक शहिद लखन ७ मकैपुरका ३८ वर्षका विनय गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




