| सोमवार, कार्तिक २३, २०८३

मझुवामा बोलेरो जिप र मोटरसाइकल ठोक्कियो, चालक गम्भिर घाइते

गोरखा आँबुखैरेनी सडक खण्डको गोनपा १३ मझुवा प्रहरी चौकी नजिकै बोलेरो जिप र मोटरसाईक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।


दुर्घटनामा परि मोटरसाईकल चालक गोरखा नगरपालिका वडा नम्बर ७ बतासेका १८ वर्षिय आशिष बस्याल गम्भिर घाईते भएका छन् । घाईते बस्यालको चितवनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।


गोरखाबाट खैरेनी जाँदै गरेको ग २ च २२९१ नम्बरको बोलेरो जिप र खैरेनीबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटसाईकल दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्