| सोमवार, कार्तिक २३, २०८३

गोरखामा कुखुरा बोक्ने गाडीको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते

गोरखामा कुखुरा बोक्ने गाडीको ठक्करबाट मोटरसाईकलमा सवार एक पुरुष गम्भिर घाईते भएको छन् । गोरखा बजारतर्फ आउँदै गरेको ध १ प २०७८ पल्सर मोटरसाईकललाई ग १ क ४९२० को कुखुरा बोक्ने मिनिट्रकले गोरखा नगरपालिका ९ कट्टेलचोकमा ठक्कर दिएको हो ।

दुर्घटनामा परी वाईकमा सवार भिमसेन थापा गाउँपालिका ६ अश्राङ घर भएका भवबहादुर थापा मगर घाईते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछाने बताए ।

घाईतेको गोरखा अस्पतालमा समन्य उपचारपछि थप उपचारकालागि चितवन मेडिकल कलेज रिफर गरिएको छ । घाईते मगर शसस्त्र प्रहरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ । तिब्र गतीमा आएको ट्रकले गलत दिशा लिँदा मोटरसाईकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्