| सोमवार, कार्तिक २३, २०८३

गोरखामा सवारी दुर्घटनाको संख्या बढ्दै, तीन वर्षमा ३१ जनाको मृत्यु

गोरखामा सवारी दुर्घटना हुने क्रम बढ्दै गएको छ । जिल्लामा निजी सवारी साधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सन्जालको पहुच बढेसँगै सवारी दुर्घटना हुने क्रम बढिरहेको जिल्ला ट्राफिक कार्यालय गोरखाको तथ्यांकमा उल्लेख छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १९ वटा सवारी दुर्घटना भएको जनाएको छ ।

जसमध्ये दुई वटा ट्रक/टेङकरका, एउटा बस, सात वटा जिप, कार, एक टयाक्टर र १४ वटा मोटर साइकल सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय गोरखाका ट्राफिक प्रमुख सई बेदनाथ भण्डारीले जानकारी दिए । सो सवारी दुर्घटनामा परी पाँच जना साधारण घाइते, २२ जना गम्भीर घाइते भएको र १३ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

जिल्लामा पछिल्लो समयमा निजी सवारी साधनको संख्या बृद्धि हुनु, ग्रामीण क्षेत्रमा सडक सन्जालको व्यापक विस्तार हुनु र आमसर्वसाधारणमा ट्राफिक नियम सम्बन्धी चेतना भएर पनि हेलचव्रmाई गर्दा सवारी दुर्घटना बढेको उनले बताए । साथै मानवीय कारण अन्तरगत तीब्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको उनले बताए ।

मौसमको खराबी कारण र तीव्र गतिमा सवारीसाधन कुदाउने, जथाभावी ओभरटेक गर्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको उनले बताए । ग्रामीण क्षेत्रमा कच्ची सडकको विस्तारसँगै मानिसहरु फुटपाथबाट हिडनुका सट्टा जसोतसो भएर पनि सवारी साधनमा चढनाले पनि दुर्घटनामा पर्ने गरेको उनले बताए ।

आर्थिक वर्ष २०७६/०७७ मा एक वटा ट्रक/टेङ्कर, दुई वटा टिपर, ६ वटा ट्याक्टर, ६ वटा मोटर साइकल दुर्घटना भएको छ । जसमा २३ जना साधारण घाइते, २४ जना गम्भीर भाइते र ७ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
त्यस्तै, २०७७/०७८ मा एउटा टिपर, पाँच वटा बस, चार वटा जिप, कार, पाँच वटा टयाक्टर र चार वटा मोटरसाइकल सवारी दुर्घटनामा परेको उनले बताए ।

यो वर्ष १७ वटा सवारी दुर्घटनामा भएकोमा ४१ जना साधार घाइते भएका थिए भने १६ जना गम्भीर घाइते र ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्