| सोमवार, कार्तिक २३, २०८३

मोटरसाइकल दुर्घटनामा गोरखा पस्लाङका एक युवकको मृत्यू

मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी गोरखाका एक युवकको मृत्यू भएको छ ।

गोरखा नगरपालिका ५ पस्लाङमा भएको बा ६५ प ५०५६ नंबरको मोटरसाइकल दुर्घटनामा परी २५ बर्षका स्थानीय प्रतीक थापा मगरको मृत्यू भएको प्रहरीले जनाएको छ ।


साँझ साँढे आठ बजे गोरखा बजारबाट घरतर्फ जाँदै गर्दा काँडेतारबारमा अल्झेर मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका उनलाई अस्पताल ल्याएपछि उपचारको क्रममा मृत्यू भएको वडाअध्यक्ष खिलबहादुर रानाले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्