
अबैध चार करोड नगदसहित चार चिनियाँ नागरिक पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४ जना चिनियाँ नागरिक छन् । उनीहरूको साथबाट स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका ८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् ।
नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाएर ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




