
तीनकिलोमा बस र मोटरसाईकल ठोक्किएर दुर्घटना, एक जना घाइते
गोरखा नगरपालिका–१३ स्थित तीन किलोमा बस र मोटरसाईकल ठोक्किदा शनिबार एक जना घाइते भएका छन् ।
गोरखाबाट आबुखैरेनी जार्दै गरेको ना ५ ख ५००५ बस र ग २१ प ४८८ मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवारी पालुङटार नगरपालिका–५ का ४५ वर्षीय हरि देवकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
शनिबार करिब ११ ः ४५ बजे तिर यात्रु झार्ने क्रममा रोकि राखेको बसमा मोटरसाईकल ठोक्किन पुगेको उनले बताए ।
घाइते देवकोटाको खुट्टामा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि चितवन लगिएको डिएसपी लामिछानेले जानकारी दिए ।




