| आइतवार, कार्तिक २२, २०८३

सवारी दुर्घटना हुँदा प्रहरी नै बनाउँछ झुटो विवरण !

सवारी दुर्घटना हुँदा प्रहरी नै बनाउँछ झुटो विवरण !

सरकारले सिण्डिकेटको अन्त्य गरेको घोषणा ग¥यो । तर, यात्रुले पाउने सास्ती भने अझै अन्त्य भएको छैन ।
रुट पर्मिट नै नभएको ग्रामिण सडकमा जोखिम मोलेर सवारी सञ्चालन भइरहेका छन् ।
‘जिल्लाको गोरखा काठमाडौ, गोरखा चितवन, गोरखा पोखरा बाहेक अन्य कतै पनि रुट पर्मिट छैन’ यातायात ब्यवसायी समिति गोरखाका पूर्व अध्यक्ष रामहरि केसीले भने ‘हामीले प्रशासनलाई अस्थायी पर्मिटको लागि पहल गर्न आग्रह गरेकै हौँ एक पटक प्रक्रिया अघि बढेको पनि थियो ।
प्रशासनमा नयाँ सिडियो सापहरु आएसँगै त्यो हरायो ।’ यातायात ब्यवसायीहरुका अनुसार जिल्लाका ग्रामिण सडकमा दुर्घटना हुँदा झुठो ठाउँ उल्लेख गरेर विवरण बनाउनु पर्ने बाध्यता रहेकोे उनले बताए । ‘नियममा रुट पर्मिट नभई सवारी साधन चलाउनै पाइन्न भन्नेछ’ एक ब्यवसायीले भने ‘गाउँको सडकमा दुर्घटना भइहाल्यो भने गोरखा मात्र उल्लेख गरेर प्रहरीसँग मिलेर घटना विवरण बनाउने अनि इन्स्योरेन्स लगायतका क्षेत्रबाट आउने रकमहरु उपलब्ध गराउनु पर्ने बाध्यता हामीमा छ ।’
प्रहरीले पनि ग्रामिण रुटमा सवारी दुर्घटना हुँदा गोरखा मात्र उल्लेख गर्ने र सम्बन्धीत ठाउँको ठेगाना उल्लेख नगर्ने गरेको बताएको छ । ‘आँबुखरेनी देखि भित्रको २४ किलो मिटरको क्षेत्रमा छिरेपछि जहाँ दुर्घटना भएपनि गोरखा भनेर उल्लेख गर्ने गरिएको छ’ जिल्ला टूाफिक प्रहरी प्रमुख दयाराम पौडेलले भने ‘बीमा कम्पनीहरुले पनि अहिलेसम्म यस्तो घटना भएमा गोरखाको जहाँको सडकमा भएपनि गोरखा मात्र उल्लेख गरे रकम उपलब्ध गराउँदै आएका छन् ।’ जिल्लाका ३० वटा भन्दै धेरै ग्रामिण सडकमा रुटपर्मिट बिनै सवारी सञ्चालन भइरहेका छन् । गोरखामा रुट पर्मिट बिनै यातायात ब्यवसायी समिति गोरखा, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, मनासलु यातायात प्राली, मनकामना यातायात प्राली लगायतका ब्यवसायी कम्पनीहरुले सवारी सञ्चालन गर्दै आइरहेका छन् । यी मध्ये अहिलेसम्म गोरखा नगरपालिका क्षेत्र हुँदै तनहुँको आँबुखैरेनी सम्म जाने २४ किलोमिटर कालोपत्रे सडक बाहेक अन्य कुनै पनि सडक रुट पर्मिट नभएको सडक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । ‘गोरखा(आँबुखैरेनी सडक खण्डको २४ किलो कालोपत्रे सडक बाहेक गोरखा जिल्लाको कुनै पनि सडकको रुट पर्मिट जारी छैन’ जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख पौडेलले भने ‘गाडीहरु माग भइरहेका रहेछन, रुटपर्मिट र स्वीकृती विनै सवारी चलिरहेको पाइएको छ ।’
अहिले यातायात ब्यवसायी समिती गोरखाद्धारा सन्चालित गाडीहरु जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेपनि रुटपर्मिट तथा यातायात ब्यवस्था विभागको स्वीकृती विनानै पुगेका हुन । यातायात ब्यवसायी समितीले भने रुट स्वीकृतीमा गोरखा सदरमुकाम सम्म भएपनि गोरखा भनेपछि जिल्ला भर चलाउने पाइन्छ भन्ने बनाएर सन्चालन गरेको पाइएको टूाफिक प्रहरी कार्यालयले जनाएको छ । गोरखामा सञ्चालित यातायात ब्यवसायीहरुले अहिले जिल्लाको आरुघाट, भच्चेक, भालुस्वाँरा बारपाक, मनाकामना, ताङ्लिचोक, बुंकोट लगायतका कच्ची सडकमा सवारी साधन रुट पर्मिट विना नै सन्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्