
गोरखाको ताराखसेमा गोली चल्यो, कर्मचारी घाईते, मतदान स्थगित
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भबन ताराखसे मतदान केन्द्रमा गोली चलेको छ ।
अज्ञात ब्यक्तिले चलाएको गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिसा थापा मगर घाईते भएकी छिन् । उनको तिघ्रामा गोली लागेको मतदान अधिकृत बालकुमार नेपालीले बताए ।
‘करिब चार बजेर ३५ मिनेट गएको थियो, म र मनिसा थापा सँगै थियौँ, उहाँ एक्कासी ढल्नुभयो, गोली लागेको रहेछ’ उनले भने ‘कसले गोली हान्यो भन्ने यकिन भएको छैन ।’ त्यसयता मतदान प्रक्रिया रोकिएको छ ।
कर्मचारी र स्थानीय त्रासमा रहेको मतदान अधिकृत नेपालीले बताए ।




