| सोमवार, कार्तिक २३, २०८३

गण्डकी गाउँपालिकाको बालकी मतदानकेन्द्रमा माओवादी कांग्रेस झडप, मतदान रोकियो

गण्डकी गाउँपालिका ६ को बालकी आधारभूत विद्यालयमा माओवादी र कांग्रेस कार्यकर्ता बीच झडप हुँदा मतदान रोकिएको छ ।

आधा घण्टादेखि ढुंगाहाना हुँदा मतदान रोकिएको पालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।


‘बाहिर ढुंगा हानाहानको स्थिति छ । मतपत्र, मतपेटिका कोठाभित्र लगेर सुरक्षित राखिएको छ’, उनले भने, ‘कर्मचारीहरु सुरक्षित हुनुहुन्छ । मतदान रोकिएको छ ।’ घटनास्थलमा थप सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाको टोली आउँदै गरेको जानकारी पाएको उनले बताए ।
गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मावि मतदान केन्द्रमा यसअघि पनि माओवादीले अवाञ्छित गतिबिधि गरेपछि दोहोरो झडप भएको थियो । झडपछि हवाई फायरिङ भएको थियो ।


ज्ञानमार्ग केन्द्र सुचारु भए लगत्तै बालकीमा झडप भएको हो ।


गण्डकी गाउँपालिकाको तीनवटा मतदान केन्द्र बिगतका चुनावदेखि नै माओवादी केन्द्रले कब्जा गर्ने गरेको थियो । ती केन्द्रहरुलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशीलको सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्