| सोमवार, कार्तिक २३, २०८३

बिरेनचोकमा ट्याक्सीको ठक्करबाट पाँचवर्षीया बालिका घाइते

टाक्सीको ठक्करबाट गोरखा नगरपालिका १० वीरेन्चोककी एक बालिका घाइते भएकी छिन् ।

बिहिबार दिउँसो ट्याक्सीको ठक्करबाट पाँचबर्षीया समृद्धि श्रेष्ठ घाईते भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रेमप्रसाद पोख्ररेलले बताए ।

आँबुखैरेनीबाट गोरखातर्फ आउदै गरेको ग १ ज ७००१ को नम्बरको ट्याक्सीले बालिकालाई ठक्कर दिएको उनले जानकारी दिए ।

घाइते बालिकालाई गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि चितवन रिफर गरिएको पोख्ररेलले बताए ।

ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्