
भिरबाट लडेर ६८ वर्षिय वृद्धको मृत्यू
भिरबाट लडेर ६८ वर्षिय वृद्धको ज्यान गएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ बस्ने मोहनलाल थापा मगरको गोरखा नगरपालिका १३ स्थित गल्छिन भिरबाट लडेर मंगलवार बेलुकी मृत्यू भएको हो ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा राखिएको र घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।




