| आइतवार, कार्तिक २२, २०८३

दुई दिनसम्म गोरखा हाईअलर्टको सूचीमा

 

जिल्ला विपद व्यबस्थापन समितिले गोरखामा दुईदिन भारी बर्षा हुन सक्ने र त्यसबाट बाढि पहिरो आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आव्हान गरेको छ । जल तथा मौसम विज्ञान बिभाग, बाढि पूर्वअनुमान शाखालाई उद्धृत गर्दै समितिले आइतबार र सोमबार दुई दिन हाइअलर्ट अपनाउन जिल्लाबासीलाई आव्हान गरेको हो । ‘दिन पनि यतिधेरै धुम्म छ, ठूलो बाढि पहिरो आउन सक्ने सम्भावना देखिन्छ’, समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘नदी किनारका बस्ती, खोला, खोल्सी नजिक घर, बस्ती भएकाहरुले पूर्व सावधानी अपनाउनु पर्छ । यसमा सचेत बर्गले सबैलाई साबधान गर्नु वुद्धिमानी हुन्छ ।’ बिभागले उच्च साबधानी अपनाउन निर्देशन गरे अनुसार समितिले पनि बिभिन्न माध्यम अपनाएर सूचना सम्प्रेषण गरेको प्रजिअ भट्टराईले जनाए । उनले सतर्क रहनुलाई आतंकित हुनुको अर्थमा बुझ्न नहुने पनि दोहो¥याए ।
बाढि पूर्वअनुमान शाखाबाट प्राप्त सूचना अनुसार आइतबार रातीदेखि मंगलबारसम्म उच्च सतर्कता अपनाउनु पर्ने उल्लेख छ । ‘आज(आइतबार) गोरखा, धादिङ, लम्जुङ र कास्कीको केही स्थानमा तथा भोलि(सोमबार) गोरखा, धादिङ, लम्जुङ र कास्कीको केही स्थानमा भारी बर्षाको सम्भावना छ’ बुलेटिनमा हाइलाइट गरिएको छ, ‘साना ठूला नदीहरुमा एक्कासी बाढि आउन सक्ने भएकाले सतर्क रहौं ।’ बाढि पहिरोबाट बच्नेबारे सकेसम्म धेरै सूचना फैलाउन समितिले आग्रह गरेको छ ।
प्रजिअ भट्टराईले विपदका बेला उद्धार तथा राहतका लागि आफूहरु पनि तयारी अबस्थामा रहेको बताए । ‘मौसम पूर्वानुमानको रिपोर्टले दुई÷तीन दिन जोखिम नै छ भनेको छ, हामीलाई सूचना आइरहेको छ’ भट्टराईले भने ‘हामी हाइअलर्टमा छौँ । कहाँ कस्तो जोखिम बढेको छ, जोखिम हुन सक्ने ठाउँहरु कहाँ कहाँ हुन् त्यसको सूचना संकलनलाई प्राथमिकता दिएका छौँ । आपत परिहाले त्यसलाई ब्यवस्थापन, राहात र उद्धारलाई कसरी गर्ने हामी सतर्क छौँ ।’ सकेसम्म मान्छे विपदमा नपरोस् भन्ने उद्देश्यले सूचना प्रबाह गरिरहेको प्रजिअ भट्टराईको भनाई छ । ‘हामीले मिडियाहरुमा पनि र गाउँपालिका कार्यालयहरुमा पनि बुलेटिन फर्वाड गरेका छौं, फोन, एसएमएस गरेका छौं’ उनले भने, ‘यसलाई आधार मानेर सबैलाई सतर्क गराउनु सबैको दायित्व हो ।’
जिल्लाको लाप्राक, केरौँजा, अजिरकोट गाउँपालिकाको सिस्ने गाउँका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका गाउँहरु हुन् । त्यस्तै बुढी गण्डकीको किनारमा रहेका तातोपानी, सोती, थुमी बजार लगायतका बस्तीहरु बाढीको उच्च जोखिमका बस्ती हुन् । त्यस्तै दरौँदीको किनारमा रहेको बालुवा बजार र चेपे नदीका छेउछाउका केही बस्तीहरु बाढीको जोखिममा छन् । त्यस्तै मकैसिङका चेपाङ बस्तीका केहीघरहरु पहिरोको उच्च जोखिममा छन् । प्रशासनका अनुसार विपद्का लागि रेडक्रस, स्वास्थ्य क्षेत्र, प्रहरी, सेना तथा स्वयमसेवकहरु उच्च सतर्कतामा छन् ।

प्रतिक्रिया दिनुहोस्