चार महिनादेखि हराएका गोनपा १ का ७० वर्षिय वृद्ध मृत भेटिए
सात महिनादेखि हराईरहेका गोरखा नगरपालिका १ अजमरेका ७० वर्षिय वृद्ध मृत भेटिएका छन् । गत कात्तिक २३ गतेदेखि हराएका नारायणदत्त न्यौपाने बुधवार मृत भेटिएका हुन् । सोही वडाको काम्रेको अजमरे खोल्सामा सडेगलेको अवस्थामा शव भेटिएको हो ।
शव उनका छोरा नवराज न्यौपानेलाई जिम्मा लाइएको प्रहरीले जनाएको छ । उनी मानसिक रोग थिए । लामो समयदेखि सम्पर्क बिहिन भएका उनको खोजी भईरहेको थियो ।




