| सोमवार, कार्तिक २३, २०८३

पूजा सार्कीको नाममा दोस्रो नागरिकता लिने पूजा ढकाल पक्राउ


झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट दोस्रो पटक नागरिकता लिने पूजा ढकाल पक्राउ परेकी छन् ।

खोप्लाङ गाविस ४ का गाइने सार्कीको छोरी भन्ने झुठा विवरण पेश गरी पूजा सार्कीको नामबाट नागरिकता लिएकी पोखरा महानगरपालिका ६ बैदामकी २८ बर्षीय ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


उनले २०६७ साल मंसीर ८ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट पूजा ढकालको नाममा र २० दिनपछि २०६७ साल मंसीर २८ को मितिमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट पूजा गैरे सार्कीको नाममा नागरिकता लिएको खुलेको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।


प्रशासन कार्यालयको आदेशमा पक्राउ गरी उनीविरुद्ध बुधबार दोहोरो नागरिकतासम्बन्धी कसुर शीर्षकमा गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर थप अनुसन्धान गरिएको इन्स्पेक्टर अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्