
सवारी चालकलाई सडकमै प्रशिक्षण
सवारी नियम बारे सचेतना गराउँदै मझुवा प्रहरी चौकीले सडकमै चालक प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । सीमित गतिमा सवारी चलाऔँ, टूाफिक नियमको पालना गरौँ भन्ने अभियान सुरु गरिएको मझुवा प्रहरी चौकीले जनाएको छ ।
गोरखा नगरपालिका वडा नम्बर १३ को आयोजनामा शनिवार बिहान उक्त कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष हरि खनालले बताए । टूाफिक र प्रहरीले मझुवा नाका भएर गोरखा भित्रने र बाहिरिने सवारी साधनका चालकलाई सवारी नियमको बारेमा जानकारी गराएका थिए ।
सडकमा चालकलाई रोकेर ट्राफिक नियम पालना गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ । यसबाट चालक सचेत हुने र सुरक्षित यात्रा गर्न प्रेरणा मिल्ने मझुवा चौकीका सई धु्रबनारायण श्रेष्ठले बताए ।
शुक्रवार त्यस क्षेत्रमा दुर्घटना हुँदा एकजनाको ज्यान समेत गएको थियो । साँघुरो सडक, टूाफिक नियमको बेवास्ता लगायतका कारण दुर्घटना बढेको भन्दै स्थानीयले पनि टूाफिक सचेतना गर्नुपर्ने बताएका थिए ।
वडा कार्यालय, स्थानीय र मझुवा चौकीको सहयोगमा शनिवार मोटरसाईकल, यात्रुबाहक सवारी र मालबाहक सवारीका चालकलाई पनि ट्राफिक नियमको बारेमा प्रशिक्षण दिइएको मझुवा चौकी प्रमुख श्रेष्ठले बताए ।




