| सोमवार, कार्तिक २३, २०८३

डोजरका सहायक अपरेटर दरौँदीमा मृत भेटिए

गोरखा नगरपालिका १० छेपेटार स्थित दरौँदी नदी किनारमा डोजरका सहायक अपरेटर मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका १ देविस्थानका २२ वर्षिय बिकास भट्ट बुधवार बिहान मृत भेटिएका हुन् ।

दरौँदी किनार छेउमा पानी जमेको खाल्डोमा उनी मृत भेटिएका प्रहरीले जनाएको छ । मृतकको लुगा, पर्स, चप्पल पाखामा भेटिएको प्रहरी निरीक्षक रामजी देवकोटाले बताए । उनी पौडी खेल्न हाम फालेको हुन सक्ने अनुमान प्रहरीको छ ।

मृतक भेटिएका भट्ट केहीदिन अघि मात्रै डोजर हेल्परको रुपमा काम गर्न आएका थिए । मंगलवार साँझ बेपत्ता भएको खबरपछि कुरिनटारबाट गोताखोरको टोली पनि मगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्