| आइतवार, कार्तिक २२, २०८३

लागुऔषध प्रयोगकर्ता बढ्दै

दरौंदी समाचारदाता
गोरखामा लागुऔषध सेवन कर्ताको संख्या बढेको छ ।
जिल्ला प्रहरी कार्यालयको बिगत तीनबर्षको तथ्याङ्कको अध्ययन गर्दा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएको हो । प्रहरी उपरीक्षक बिमल बस्नेतका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा लागु औषध सेवन गर्ने ११ जना पक्राउ परेका थिए ।
लागुऔषध कारोबारीसंग दुईहजार सातसय २० ग्राम गाँजा बरामद भएको थियो । त्यस्तै नाइट्रेजिपाम ट्याब्लेट १ थान, ट्रमा ट्याबलेट १४ थान, कफट्याब ट्याब्लेट १४ थान बरामद भएको थियो । उनीहरुमध्य तीन जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्धा दर्ता भएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
त्यस्तै आर्थिकबर्ष २०७३÷०७४ मा लागऔषधको आरोपमा चार जना पक्राउ परेका थिए । उनीहरुमध्य दुईजना विरुद्ध मुद्धा दर्ता गरी कारबाही गरिएको थियो । उनीहरुको साथबाट ४० ग्राम गाँजा, ५० थान नुफिम, ४१ थान फिनार्गन, ४७ थान डाइजेपाम बरामद गरिएको प्रहरीले जनाएको छ ।
चालु र्आिर्थक बर्ष २०७४÷ ०७५ लागु औषध प्रयोग तथा कारोबार गरेको आरोपमा १७ जना पक्राउ परेका छन् । उनीहरुमध्य नौ जना बिरुद्ध मुद्धा दर्ता गरी कारबाही गरिएको छ । उनीहरुको साथबाट छसय पाँच ग्राम गाँजा, ९५ ग्राम चरेस बरामद गरिएको छ । त्यस्तै डाइजेपाम १०३ थान, नुफिन ५५ थान, नाइट्रोजन ट्याब्लेट १० थान र निट्राभेट २४ थान बरामद गरिएको छ ।
प्रहरीले पक्राउ परेका लागुऔषध सेवनकर्तालाई केही समय हिरासतमा राखेर उपचारमा पठाउन आग्रह गर्दै अभिभावकको जिम्मा लगाउँछ । लागुऔषध ओसारपसार गर्ने कारोबारीलाई भने अदालतमा मुद्धा दर्ता गरी कारबाही गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्