
बालबालिकाद्वारा आत्मारक्षा तालिमको माग
गोरखा नगरपालिकाका बालबालिकाहरुले नगर प्रमुखसँग आत्मारक्षको तालिम माग गरेका छन् । गोरखा नगरपालिकाको आयोजनामा विहिबार ‘बालबालिकासँग नगरप्रमुख र उपप्रमुख’ कार्यक्रममा उनीहरु सो कुराको माग गरेका हुन् ।
कार्यक्रममा उनीहरुले नगरभित्रका विद्यालयमा बालबालिकालाई पार्क निर्माण गरिदिनुपर्ने, हरेक विद्यालयमा बालमैत्री शौचालय हुनुपर्ने, विद्यालयमा पर्याप्त खेलकुद सामग्री हुनुपर्ने र बालबालिकालाई महिनावारीका बारेमा सचेतना कार्यक्रम संचालन गर्नुपर्ने लगायतका माग राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजनराज पन्तले बालमैत्री स्थानीय शासन घोषण गर्नका लागि बालबालिकालाई लक्षित गर्दै धेरै काम भएको र आगामि दिनमा थप गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
आफ्ना गाउँ, घरमा र विद्यालयमा भएका समस्याहरु के के छन नगरपालिका निवदेन गर्न आग्रह गर्दै बालबालिकाको माग र आश्वयकतालाई सम्बोधन गर्न तयार रहेको नगरप्रमुख पन्तले जानकारी दिए ।




