| सोमवार, कार्तिक २३, २०८३

हिउँ खेल्न गएकाहरु ११ दिनपछि मृत भेटिए

११ दिनअघि हिउँ खेल्न घरबाट निस्केका बारपाक गाउँका दुई किशोरहरु आइतबार मृत भेटिएका छन् ।

बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साहिँला घलेको शव स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले साँझ ५ बजेतिर बारपाक भन्दा पर भुनेखर्क भन्ने ठाउँमा फेला पारेको सोही टोलीका जीतबहादुर घलेले जानकारी दिए ।


‘बाटोबाट करिब एकसय फिट तल खसेको अबस्थामा दुवै जना भेटिए’, घलेले भने, ‘त्यसपछि हिउँले पुरिएर हराइरहे । अहिले बल्ल हिउँ पग्लिँदै गएर देखियो ।’ शवलाई साँझ गाउँमा ल्याइएको उनले बताए ।


गत माघ २० गते हिउँ खेल्न गएका उनीहरु ११ दिनदेखि बेपत्ता थिए । उनीहरुको खोजीमा दैनिक प्रत्येक घरबाट एकजनाका दरले सयौँजना सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्