तनहुँमा करेन्ट लागेर एक बृद्धको मृत्यु
तनहुँमा करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ ।
सोमबार बिहान ऋषिङ गाउँपालिका–८ मा करेन्ट लागेर करिब ७२ वर्षीय दलबहादुर रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अजम्बरी सल्लाघारीको जंगलमा दाउरा खोज्न जाने क्रममा बिजुलीको लाइनमा छुन गई करेन्ट लागेर घटनास्थलमै मुत्यु भएको हो ।
घटनास्थललाई सुरक्षित गरी थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।




