गोरखामा एक कोरोना संक्रमित महिलाको मृत्यू
गोरखामा एक कोरोना संक्रमित महिलाको मृत्यू भएको छ । पालुङटार नगरपालिका २ खोप्लाङ घर भई गोरखा नगरपालिका ६ हरमटारी क्षेत्रमा बसोबास गर्दै आएकी ६९ वर्षिया महिलाको मृत्यू भएको हो ।
फोक्सोको क्यान्सर रोगबाट पिडित महिला सोमवार बेलुकी ६ बजे उपचारका लागि गोरखा अस्पताल आएकी थिईन । त्यतीबेला एन्टिजेन गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । ‘कोरोना पोजेटिभ देखिएको थियो, आइशोलेसनमा राखेर उपचार गरिरहेका थियौँ’ उनले भने ‘मृत्यूको कारण कोरोना भन्दापनि क्यान्सर हो ।’
बिरामीको परिवारका सदस्यले घरैमा अक्सिजन दिएर उपचार गराउने बताएपछि अस्पतालले बुधवार डिस्चार्ज गरेको थियो । गम्भिर अवस्थाकी ति महिलाको डिस्चार्ज लगत्तै घरमा मृत्यू भएको परिवारले बताएका छन् ।




