
सहपाठी उपेन्द्रको निधन पछि मनै रुवाउने गरी बाबुरामले यस्तो लेखे !
तिमी आफै एक वेजोड चिकित्सक थियौ; त्यसैले शायद आफ्ना अन्तिम दिनहरूका ठीकै आँकलन गरिरहेका थियौ! हामी खालि एउटा लेम्यान र तिम्रा सहपाठी भावनावश तिम्रो चीरायुको कामना गरिरहेथ्यौं! अन्तत: तिमीले हामी सबैलाई छोडेर गयौ, प्रिय उपेन्द्र! भौतिक रूपमा अब तिमीसंग कहिल्यै भेट नभए पनि तिमीसंग एउटै कक्षामा अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन् ।तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं! नेपाल आमाका सुयोग्य सपूत तिम्रो सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहनेछ।हार्दिक श्रद्धांजली! परिवारजनमा गहिरो समवेदना!!




