| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्यमा खेलवाडको नमूना ः पानीमा पेट्रोल !

गोरखाको एक पसलमा बेच्न राखिएको पानीको बोत्तलमा पेटूोल भेटिएको छ । गोरखा सदरमुकामको मान्बु भेटघाट नामको होटलमा राखिएको रोयलफिसर नामको पानीमा पेटूोल भेटिएको हो ।
रुकुमबाट गोरखा भ्रमणमा आएका नारायण बिष्टले पानी किनेर खाँदा पेटूोलको गन्ध पाएपछि फ्रिजभित्र रहेको अन्य बोत्तल पनि परीक्षण गरिएको थियो ।
संगै रहेको अर्को बोत्तलमा पनि पेटूोल तैरिएको भेटेपछि उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।
‘धापिएर आएको थिएँ । पानी किनेर स्वाट्टै खान्छु भनेर लाग्दा ह्वास्सै पेटूोल गन्हायो’, उजुरीको क्रममा बिष्टले प्रशासन कार्यालयमा भने ‘अलिकति खाएपछि अरु खानसक्ने कुरै भएन । अर्को बोत्तल कस्तो छ भनेर हेर्दा अर्को बोत्तलको त माथि नै पँहेलो पेटूोलको तह देखियो ।’ उनले उपभोक्ता हित संरक्षण मञ्चलाई समेत गुहारेका छन् ।
लिप्टन सफ्टडिू इन्डस्टिूज भरतपुर ४ चितवनमा उत्पादन भएको सो पानीलाई प्रशासन कार्यालयले परीक्षणका लागि खाद्य सुरक्षा तथा गुणस्तर नापतौल बिभागमा पठाएको छ । ‘हामीले सो पानी बेच्ने खुद्रा पसले, थोक बिक्रेता, पत्रकार महासंघ र उपभोक्ता हित संरक्षणमञ्चको रोहोबरमा मुचुल्का गरी परीक्षणका लागि पठाएका छौं’, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘उताबाट परीक्षणको रिपोर्ट नआउञ्जेल बिक्री बितरणमा बन्देज गराइएको छ ।’ सो बोत्तल को सिलमा कपालको रौं समेत भेटिएको प्रजिअ भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्