| आइतवार, कार्तिक २२, २०८३

प्रहरी नियन्त्रणबाटै फरार

गोरखामा नक्कली लाइसेन्स बनाउने २२ जना थुनामा

नक्कली लाईसेन्स बनाउने २२ जनालाई जिल्ला अदालत गोरखाले ५० रुपैँया जरिवाना र एक बर्ष जेल सजायको फैसला सुनाएको छ । जिल्ला न्यायधीश बसन्तराज पौडेलको एकल इजालसले २२ जनालाई थुना र जरिवानाको फैसला सुनाएको हो ।
‘२२ जनालाई सरकारी छाप दस्तखत किर्ते मुद्दा अनुसार जनही एक बर्ष जेल र ५० रुपैँया जरिवानाको फैसला भएको छ’ श्रेस्तेदार गोविन्द आचार्यले भने ‘नक्कली लाइसेन्स बनाउने तथा बिक्री वितरण गरेको आरोपमा राम औतार महतो, मुकेश भन्ने भगवान शाह सोनार, अनिल तिवारी, फिरोज खान मिया, जानु कुवँर, लक्ष्मी खड्का, हिरा माया मगर, राम परियार, श्याम श्री भनिने कृष्ण ढङ्गोल, गोविन्द प्रसाद घिमिरे, दिलबहादुर नेपाली, प्रेमबहादुर बिक, मोहमद अलिमिया, राजिव सार्की, सोम प्रसाद गुरुङ, राजन शाही, सहिद हुसेन रहेका छन् ।
त्यस्तै भूपाल नेपाली, महेमुद हुसेन मिया, सहिद मिया, दुर्गाबहादुर थापा, सुमन श्रेष्ठ रहेका छन् । उनीहरु केही समयअघि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्