| सोमवार, कार्तिक २३, २०८३

गोरखामा १५ किलोभन्दा धेरै चरेससहित एक महिला पक्राउ



गोरखामा लागु औषध चरेससहित एक महिला पक्राउ परेकी छन् । अजीरकोट गाउँपालिका ५ चनौटेबाट १५ किलो दुईसय ग्राम चरेससहित एक महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ठूलो परिमाणमा अवैध लागूऔषध चरेशसहित धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई पक्राउ गरेको डिएसपी प्रकास दाहालले जानकारी दिए ।


बुधबार राती १ः३० बजे बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा. २० च ९३३२ नम्बरको जीपमा चेकजाँच गर्दा महिलाले पहेँलो रङको बोराभित्र पोलिथिन प्लास्टिकको झोलामा लुकाइछिपाइ ल्याइएका सो परिमाणको चरेश फेला परेको डिएसपी दाहालले जनाए ।


उनीविरुद्ध लागु औषध चरेस शीर्षकमा बिहिबार मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरेको डिएसपी दाहालले बताए ।


गाडीमा सवार अन्य तीनजनाको भने प्रत्यक्ष संलग्नता नदेखिएकाले तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।


सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्