| सोमवार, कार्तिक २३, २०८३

गोरखामा स्क्रब टाइफस रोग लागेर एक पुरुषको मृत्यू


पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक पुरुषको मृत्यू भएको छ । भीमसेन थापा गाउँपालिका ६ थापाटारका ६७ बर्षका पुरुषको उपचारको क्रममा मृत्यू भएको हो ।


चितवन मेडिकल कलेज(सिएमसी)मा उपचारको क्रममा उनको मृत्यू भएको मृतकका आफन्त शिव थापाले जानकारी दिए ।


खेतको काम सकेर घर फर्केका उनी एक्कासी कमजोरीसहितको ज्वारोले ग्रस्त भएपछि गोरखा अस्पतालमा उपचारका लागि आएका थिए । ब्यथाले कराप्दै लगेपछि थप उपचारका लागि उनलाई सिएमसी पु¥याइएको र चौबीसघण्टा नबित्दै उनको मृत्यू भएको थापाले बताए ।

स्क्रब टाइफसबाट मृत्यू भएको यो गोरखाको पहिलो घटना हो ।


भीमसेन थापा गाउँपालिकामा अरु कसैलाई पनि स्क्रब टाइफस नफैलिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए । यसअघि आरुघाट गाउँपालिकामा भने ३५ जनालाई सो रोगले संक्रमित भएका थिए ।

तर अहिले आरुघाटमा पनि संक्रमितहरु नरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्