
सिर्दिबासमा पहिरो, उत्तरी गोरखा जाने बाटो अबरुद्ध
अबिरल बर्षापछि उत्तरी गोरखाको सिर्दिबासमा पहिरो गएको छ ।
चुमनुब्री गाउँपालिका ३ चिसापानी र गम्पुलको बीचमा पर्ने पदमार्गमा पहिरो गएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् ।
सोमबार पहिरो गएको उनले बताइन् । पहिरो जाँदा सिर्दिबास भन्दा माथिका छ वटा वडाका विभिन्न गाउँबस्ती जाने बाटो अबरुद्ध भएको उनले बताइन् ।
‘सोमबारदेखि बाटो अबरुद्ध भएको हो । आज(मंगलबार) बिहान अलिअलि मान्छे हिड्न थालेका थिए । दिउसोदेखि फेरि ठूलो पानी पर्यो । मान्छे हिड्न सकेका छैनन्’, उपप्रमुख गुरुङले भनिन्, ‘लोक्पाको ङुयुखोलाको पहिरोमा अवरुद्ध भएको बाटो पनि खुलेको छैन ।’
(गम्पुल पहिरोको फाइल फोटो)




