| बिहिबार, असार १०, २०८३

हेलीकप्टर दुर्घटनाले शोकमा सामागाउँ

मनास्लु आरोहणका क्रममा एक क्यानडियन पर्यटकको मृत्यू

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ मा पर्ने मनास्लु हिमाल आरोहरणका लागि गएका एक बिदेशी नागरिकको मंगलवार मृत्यू भएको छ ।

मनास्लु हिमालको क्याम्प फोर भन्दा एक सय मिटर माथि क्यानडाका नागरिक ब्रेन्ट सेल बेहोस भएको र उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


स्नो होराईजन नामको कम्पनीबाट स्विकृत लिएर हिमाल आरोहणका लागि उनी मनास्लु पुगेका थिए ।

मृतकको शव बोकेर मनास्लु बेस क्याप सम्म ल्याइएको र हेलिकप्टरबाट आर्खेत ल्याई पोष्टमार्टमका लागि काठमाण्डौँ पठाइएको डिएसपी प्रकाश दाहालले बताए । उक्त घटनाको बारेमा ट्याग नेपाल ट्रेकिङ कम्पनीले जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्