| सोमवार, कार्तिक २३, २०८३

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

आफ्नै श्रिमानको हत्याको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । गोरखा नगरपालिका— ७ बतासेकी ५५ वर्षीया माइली कामीलाई आफ्नै श्रीमान् ५६ वर्षका आइतबहादुर कामीको हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।


सोमबार बेलुकीको खाना खाएर सुतेका आइतबहादुर मंगलबार बिहान ओछ्यानमै मृत भेटिए पछि प्रहरीले अनुसन्धानका लागी माइलीलाई नियन्त्रणमा लिएको थियो । माइलीले सोमबार राती नै घाँटी थिचेर श्रीमानको हत्या गरेको स्रोतको भनाई छ ।


प्रारम्भिक बयानका क्रममा माइलीले आफ्नो चरित्रमाथी शंका गर्ने र रक्सी खाएर कुटपिट गर्ने गरेकाले श्रीमानको हत्या गरेको स्वीकार गरेकी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले आवश्यक प्रक्रिया पूरा गरी घटनाको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्